Highlights : Legal documents (Policies, acts, regulations, directives, procedures)  |   कृषि प्रसार कार्यक्रम सञ्‍चालन निर्देशिका तथा नर्म्स  |   Celebrating 38th World Food Day  |   Journal प्रकाशनको लागि लेख वा रचना उपलब्ध गराउने सम्बन्धमा  |   SAARC Agriculture को Vacancy Announcement  |  

Information Officer

Dr. Ram Krishna Shrestha
Senior Agriculture Extension Officer

Phone No.: 01-5523269
Cell: 9851212550
Email: rksathi05@gmail.com

ऐतिहासिक पृष्ठभूमी

  • नेपालमा कृषि विकासको संस्थागत प्रयास वि.सं. १९७८ मा सरकारी स्तरमा कृषि अड्डाको स्थापना पश्चात भएको मानिन्छ । 
  • बि.सं. २००८ सालमा कृषि विभागको स्थापना भयो । 
  • बि.सं. २०२३ सालमा कृषि विभागलाई पाँच वटा विभागहरु (कृषि प्रसार, मत्स्य, बागवानी, पशु स्वास्थ्य र कृषि शिक्षा तथा अनुसन्धान विभाग) मा पुनर्गठन गरियो ।
  • बि.सं. २०२९ मा पांचै विभागहरुको एकीकरण गरि पुनः कृषि विभाग कायम भयो । 
  • वि.सं. २०२९ सालमा कृषि बजारको संबेदनशिलता एवं आवश्यकतालाई दृष्टिगत गरि खाद्य तथा कृषि बजार सेवा विभागको स्थापना भयो । 
  • वि.सं. २०३६ सालमा पशु सेवा विभागको स्थापना भयो ।
  • वि.सं. २०४५ सालमा कृषि विभागबाट छुट्टै बागवानी विभाग गठन गरियो ।
  • वि.सं. २०४९ मा कृषिका निकायहरुलाई “एउटै छानो मुनी” राख्ने नीति अनुरुप वागवानी विभाग, बाली तथा मत्स्य विभाग, खाद्य तथा कृषि वजार सेवा विभाग, पशु स्वास्थ्य तथा पशु विकास विभाग र केन्द्रिय खाद्य अनुसन्धान प्रयोगशालालाई गाभी एउटै कृषि विकास विभागको स्थापना भयो । 
  • वि.सं. २०५२ सालमा कृषि विकास विभागको संगठनमा पुनः हेरफेर गरि तत्कालिन कृषि विकास विभागबाट कृषि विभाग, पशु सेवा विभाग र केन्द्रिय खाद्य अनुसन्धान प्रयोगशाला समेत गरि तीन फरक फरक विभाग खडा भए ।  
  • वि.सं. २०५७ मा पुनः केहि हेरफेर गरि कृषि विभाग अन्तर्गतका ११ वटा प्राविधिक महाशाखाहरुलाई १२ वटा कार्यक्रम निर्देशनालयमा परिवर्तन गरियो । 
  • वि.सं.२०६१सालमा कृषि विभागका महानिर्देशक अन्तर्गत रहेका दुइ उपमहानिर्देशकमा प्रबिधि विस्तार तथा समन्वयका उपमहानिर्देशक थप गरी तिनवटा उपमहार्निदेशक र प्रबिधि विस्तार तथा समन्वय शाखा थपिएको ।