१२‍‍औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ (1६-१९ फाल्गुण)को बारे सुचना

प्रकाशित मिति: २०१९-०२-०५

बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी २०७५ को सूचना

 

"प्राङ्गगारिक कृषि पद्धती अपनाऔं, माटो र जीवन बचाऔं" भन्ने नाराका साथ यही फाल्गुण १६ गते देखि १९ गते सम्म ललितपुरको जावलाखेल फुटवल मैदानमा संचालन हुन लागेको "बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी २०७५" मा सहभागी बनौं । प्राङ्गारिक कृषि सामग्री आपूर्ती कर्ता, प्राङ्गारिक कृषि उपज उत्पादक, विक्रेता, नियार्त कर्ता तथा प्राङ्गारिक कृषि प्रविधि प्रदर्शन कर्ताहरुलाई समयमा नै आफ्नो स्टल बुकिङ्ग गराउनको लागि विशेष अनुरोध गरिन्छ ।

मेलाका आकर्षणहरु:

  • देशको विभिन्न भागमा उत्पादित प्राङ्गारिक कृषि उपजहरुको प्रदर्शन, खरिद विक्री तथा प्राङ्गारिक खेति प्रविधीको प्रदर्शन
  • निशुल्क स्टलको ब्यबस्था तथा प्रवेश निशुल्क

स्टल बुकिङ्गको लागी यहि फाल्गुण १ गते भित्र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुरमा निवेदन दिनुहेला।

सम्पर्क नं ०१ ५५ २४ २२७ / ५५ २४ २२८

ईमेल: campid2075@gmail.com

प्राङ्गारिक कृषि मेला अवलोकन गरौं, प्राङ्गारिक खेति सम्बन्धी जानकारी लिई उत्पादन बृद्धि गरौं ।

आयोजक:

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर ।

 

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल: info@doanepal.gov.np
doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

हाम्रो नक्सा