नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : विष्णु भुवाजी

ठेगाना :अर्मादी, कुष्मा-8, पर्वत

अर्मादी, कुष्मा-८, पर्वत निवासी विश्णु भुवाजी एक सफल तरकारी कृषकका साथै तरकारी व्यापारी पनि हुन् । माछापुच्छ्रे कृषक समूहमा आवद्द भूवाजीको आफ्नै भूवाजी एकिकृत कृषि फार्म छ । २०५३ सालमा भारतको पट्नामा ˆ६ महिना बिताएका भुवाजी भन्छन्, विदेशमा भन्दा आफ्नै देशमा बसेर केही गर्नु पर्छ । उनका छोरा छोरी पनि कृषि पेशा नै अपनाउने विचारमा छन् र उनी भन्छन् कृषि पेशामा छुट्टै आनन्द छ जुन अरुमा छैन ।

रु.१० लाख सिंचाईको लागि लगानी गरेको र बाँकी लगानी आफ्नै उत्पादनको आम्दानीबाट गर्ने गरेको उनी बताउँछन् । १२ रोपनी मध्ये ६ रोपनी जग्गा भाडामा लिएर उनले लहरेवाली, काउली, बन्दा तथा ब्रोकाउली जस्ता तरकारीहरु खेती गर्ने गरेका छन्, जसको बजार कुष्मा तथा मुस्ताङ्ग हो । उनको १२ देखि १३ लाखको वार्षिक उत्पादन हुने र ६ देखि ७ लाखको नाफा हुने गरेको छ ।

वि.सं. २०५६ सालदेखि खेती गर्न शुरु गरेको र आफ्नो खेतमै विभिन्न प्रविधिहरुको खोज तथा अनुसन्धान गर्ने गरेका भूवाजी भन्छन्, खेती मात्र एक त्यस्तो पेशा हो जसमा क्याल्कुलेटर थिचेर जति कमाउन चाह्यो त्यति कमाउन सकिन्छ । सुन्दा अचम्म लाग्ला, तर व्यवहारमा उनले यसै गरी आफ्नो मिहिनेतलाई मोहरमा परिणत गरेका छन्, जुन कुरामा उनी गर्व पनि गर्दछन् ।

 

 

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office