नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : मनोज कुमार मेहता

ठेगाना :भोक्राहा-२, सुनसरी

कतारमा नौं वर्ष कामदारको रुपमा रहेका सुनसरीका मनोज कुमार मेहता शुरुको वर्ष सम्झदा अझै पनि अत्तालिन्छन् । घरबाट रु. २ लाखको ऋण गरेर गएको र पहिलो वर्ष जम्मा ४० हजार रुपैया बचाउन सक्दाको पिडा उनी पोख्छन् । समयक्रमसंगै राम्रै कमाई गरेता पनि उनी आफ्नै देशमै बसि केहि गर्नु पर्छ भनेर फर्केर आए ।

विदेशबाट फर्केर आएपछि उनले आफ्नो बुवा-आमाले गर्दै गरेको तरकारी खेतीलाई निरन्तरता दिए । हाल ७ कठ्ठा जग्गामा उनले विभिन्न तरकारी खेती गरिरहेका छन् । उनी भन्छन्, लगनशीलताका साथ कृषि गर्न सकियो भने धेरै फाईदा छ । भविष्यमा आफ्नो तरकारी खेतीलाई विस्तार गरेर लैजाने उनको सोच छ ।

कृषकहरुलाई राहत दिनको लागि सरकारी स्तरबाट बजारको राम्रो व्यवस्था र तरकारीको उचित मूल्य निर्धारण हुनुपर्ने कुरामा उनी जोड दिन्छन् ।

नयाँ युवाहरु जो विदेशमा जान चाहन्छन्, उनीहरुको लागि मनोज भन्छन्, विदेशको कमाई भनेको सोहि समयको लागि मात्र हो, दिगो रुपमा आम्दानी गर्नको लागि आफ्नै देशमा लगानी गर्नुपर्छ । पहिले पहिले सरकारबाट धेरै सहयोग थिएन तर अहिले कृषकहरुले पनि सरकारबाट धेरै साथ र अनुदान पाइरहेका छन्, त्यसैले कृषि पेशा एउटा निकै राम्रो लगानी गर्न र आम्दानी लिन सकिने ठाँउ हो ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office