नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : विष्णु बहादुर गुरुङ्ग

ठेगाना :चितवन

45 वर्षिया विष्णु बहादुर गुरुङ्ग वि.सं. २०५१ देखि २०५६ सम्म कतार जस्तो मुलुकमा ड्राईभिङ्ग काम गरी हाल भरतपुर म.न.पा.२२, पटिहानी, चितवनमा बस्छन् । विदेश गएर फर्की पूनः कृषि पेशामा लागेका गुरुङ्गले जि.कृ.वि.का, चितवनबाट विषादि व्यवस्थापन तथा तरकारी खेती सम्बन्धि तालिम लिई विष्णु तरकारी कृषि फर्म दर्ता गराई व्यवसायिक तरकारी खेती गरेका छन् । उनका अनुसार साविक जि.कृ.वि.का, चितवनबाट अनुदानमा प्राप्त ६० हजार र स्वयंको ३-४ लाख लगानि रहेको यस व्यवसायमा उनले आफ्नै १८ कठ्ठा र आफन्तको १२ कठ्ठा जग्गा लिई सिजन अनुसार मूला, टमाटर, घिरौला, करेला, भण्टा लगायत सबै तरकारीहरु (३००-४००  क्विन्टल) उत्पादन गरी काठमाण्डौ तथा नारायणगढ जस्ता बजारमा विक्री गर्दै आएका छन् जसबाट उनले वार्षिक ७-८ लाखको कारोबार गरी ४ लाख खुद नाफा कमाउँछन्  ।३ जना परिवार सदस्य संलग्न यस व्यवसायमा २ जनालाई दैनिक र ८-१० जनालाई आंशिक रोजगारीको अवसर प्रदान भएको छ । यसरी एक सफल कृषक बन्नुभएका गुरुङ्ग भरतपुर म.न.पा. बाट राम्रो कृषकको रुपमा सम्मानित पनि भईसकेका छन् ।यस क्षेत्रमा उनीले विचौलियाहरुको समस्य र बजार व्यवस्थापन तथा कलेक्सन केन्द्र निर्माण जस्ता आवश्यकता महसुश गरेका छन् ।यसका अलवा आगामी दिनहरुमा उनीले जग्गा थप गरेर अझ धेरै जग्गामा व्यवसाय विस्तार गरी अघि बढ्ने सोच राखेका छन् । 

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office