नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : सुदर्शन पन्त

ठेगाना :अर्चले, रैनादेवी-१, पाल्पा

स्नातक तह सम्म अध्ययन गरेका वर्ष २८ का अर्चले, रैनादेवी-१, पाल्पा निवासी सुदर्शन पन्त, एक सफल कृषि उद्यमी हुन् । वि.सं. २०६९/०८/२९ मा ६० रोपनी भिरालो जग्गामा (३५ रोपनी आफ्नै र २५ रोपनी लिजमा) एभर ग्रीन एग्रो फार्म स्थापना गरेका सुदर्शनले कृषि मै लगानी बिस्तार गर्ने उद्देश्यले लगानीको श्रोत जुटाउनको लागि वि.सं. २०७२ सालमा साउदी अरब गएका थिए । जहाँ उनले ६ महिनाको लागि लेखा सम्बन्धि काम गरे । पहिले देखि नै कृषि पेशा अपनाई रहेको, तर सहि प्रविधि बारे जानकारी नभएको र लगानीको पनि अभाव भएकोले विदेशिन बाध्य भएका अर्जुनले मासिक रु. १.२५ लाख तलव हुँदाहुँदै पनि आफ्नै देश फर्केर आए । कलेज पढ्ने समयमा महँगोमा तरकारी किन्नु पर्दा, पछी आफै तरकारी खेति गर्ने संकल्प लिएका थिए । विदेशी भुमीमा बस्दा पनि उनमा यो भावना रही रह्यो र नेपाल मै बसी कृषि पेशामा लाग्ने अठोट झन् प्रवल भएर आयो, जस कारण उनले नेपाल आई आफैले विभिन्न तालिम लिए र कृषि व्यवसाय सुरु गरे । 

भारतको महाराष्ट्रमा स्व-लागनीमा कृषि सम्बन्धि ३ महिने तालिम लिएको तथा विभिन्न भ्रमण तथा अध्ययन गरि आफ्नो क्षमता वृद्धि गरेका सुदर्शन हाल एक नमुना कृषकको रुपमा परिचित छन् । उनले बजारको अध्ययन गरि निश्चित बाली जस्तै भेंडे खुर्सानी, करेला, काक्रो र कागती मात्रै खेती गरेका छन् । भेंडे खुर्सानी  ३८ रोपनी, करेला १० रोपनी, काँक्रा ५ रोपनी तथा कागती ५ रोपनीमा लगाएका अर्जुनले सिंचाईको लागि लिफ्ट प्रविधि अपनाएका छन् र थोपा सिंचाई प्रविधिको प्रयोग गरेका छन् भने छापोको पनि प्रयोग गरेका छन् । प्याकेजिंग तथा ग्रेडिंग गरेर विक्रि गर्ने गरेको र स्थानीय बजारमा भन्दा पनि बुटवल, पोखरा तथा चितवनका मन्डीहरु सम्पर्क गरि दिनहुँ तरकारी आपूर्ति गर्दा राम्रो फाइदा भैरहेको उनी बताउँछन् । कुल ८५ लाख मध्ये २० लाख ५% ब्याजदरमा कृषि विकाश बैंकबाट ऋण, आफन्तबाट १५ लाख सहयोग लिई, ४० लाख स्व-लागानी गरेका अर्जुनले प्रदेश नं. ५ बाट २७.५४ लाख पर्ने एन्टी हेल नेट स्ट्रक्चरको लागि १० लाख अनुदान पनि पाइसकेका छन् । विगतका सालमा असिनाले ठूलो क्षति भएकोले यसबाट धेरै राहत भएको उनी बताउन्छन् । तरकारी ढुवानीको लागि सहज होस् भनेर आफ्नै पहलमा उनले रोपवे पनि बनाउदै छन् । हाल उनले १६० मिटर स्क्वायरको ग्रीन नेट हाउसमा ट्रायल पनि गरिरहेका छन् । समस्याका रुपमा खेतीका लागि अत्यावस्यक लिक्विड फर्टिलाइजर, खेती गरिरहेको हाईब्रिड बीउ सुचिकृत नभएको, जसले गर्दा बाली बीमा गर्न नसकिएको र प्राविधिक समस्या आइपर्दा समाधान पाउन नसकिएको उनी बताउँछन् । उनको मिहिनेत तथा लगनशिलता देख्दा आँटे के हुँदैन र भन्ने स्पष्ट देखिन्छ जसबाट अरु जो कोहीलाई थप उर्जा मिल्छ ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office