नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : गोपाल प्रसाद खरेल

ठेगाना :गौरदिह न.पा.४, झापा

पाँच वर्ष साउदीमा कामदारको रुपमा र त्यसपछी ड्राइभर तथा सुपरभाइजर पदमा वि.सं. २०६८ साल देखि २०७३ सालसम्म कतारमा वैदेशिक रोजगारीको सिलसिलामा कार्यरत झापा निवासी गोपाल प्रसाद खरेल झापा जिल्लाकै लागि हाल एक नमुनाको रुपमा चिनिएका छन् । विदेशमा राम्रो आम्दानी गरिरहेका गोपाल आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने भावना बोकेर नेपाल आए र परिवारको साथ र सहयोगमा २.६ धुर क्षेत्रफलमा कल्याण च्याउ उद्योगको स्थापना गरे । एक जना साथीसँगको सल्लाह र एक महिने च्याउ खेती तालिम लिएर उनले आफ्नो व्यवसाय शूरु गरेका थिए । स्वलगानी, साथीभाइसँगको सरसापट तथा बैँकको ऋणबाट उनले आफ्नो व्यवसाय डेढ वर्ष अगाडि शुरु गरेका हुन् ।

च्याउका ७ वटा टनेल र हरेक टनेलमा ५५० देखि ६०० वटा पोकाहरु रहेका खरेलले व्यवस्थित तरिकाले कन्ये च्याउ खेती गरेका छन् । दिनको एक क्विन्टल जति च्याउ रु.१०० का दरले व्यापारीहरु आई लैजाने गरेको उनी बताउँछन् । वार्षिक कारोवार रु.४-५ लाख हुने र खुद नाफा २ लाख सम्म हुने गरेकोमा आफू निकै खुशी छन् । स्थानीय ३ जनालाई रोजगारी पनि दिईरहेको र ४ जनालाई ज्यालादारीमा पनि लगाईरहेका छन् । यसरी च्याउ खेती गरेपछी, छर-छमेकीको हेर्ने दृष्टीकोण पनि फरक भएको छ । भविष्यमा गाउँ वरिपरीका साथाभाइसँग मिलेर च्याउ खेती विस्तार गर्ने उनको योजना छ ।सुलभ व्याजदरमा ऋण तथा अनुदान पाए आफ्नो व्यवसायलाई अझै राम्रो पार्न सकिने उनको ठम्याई रहेको छ ।

परिवार, साथीभाई तथा आफन्तसँगै बसेर काम गर्न पाउँदाको आनन्द नै बेग्लै रहेको उनी बताउँछन् । विदेशको कमाई त क्षणिक मात्र रहेको र दिगो रुपमा कमाई गर्नको लागि त नेपालमै लगानी गर्नु पर्ने कुरा उनी बताउँछन् । कृषि एउटा त्यस्तो पेशा हो जुनमा असफल त हुँदै भईदैन । उनी थप जोड दिँदै भन्छन्, जुन पेशामा १ दाना बाट १०० दाना हुन्छ त्यसमा घाटा त हुँदै हुदैन । मिहिनेत, लगनशिलता र प्रविधिको ज्ञान भयो भने कृषि पेशा जति फाईदा अरुमा छैन ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office