नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

प्रकाशित मिति : २०२२-०५-०९ (अद्यावधिक मित : २०२२-०५-१०)

कार्य विवरण

  • बागवानी, बाली, तथा व्यवसायिक कीट विकास सम्बन्धि राष्ट्रिय नीति तथा मापदण्डको व्यवस्था,

  • कृषिजन्य जैविक विविधता संरक्षण सम्वर्द्धन तथा उपयोग सम्वन्धी कार्य,

  • राष्ट्रिय कृषि उत्पादकत्व वृध्दि सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयको व्यवस्था,

  • राष्ट्रियस्तरमा माटोको उर्वराशक्ति व्यवस्थापन कार्यको समन्वय,

  • सम्वन्धित बाली/वस्तुको संघीय नीति तथा कार्यक्रमहरुवारे प्रदेशस्तरमा पृष्टपोषण गर्ने,

 

क.बागवानी विकास शाखा

  • बागवानी बालीहरुको प्रवर्द्धनका लागि राष्ट्रियस्तरमा नीति, मापदण्ड तर्जुमा,

  • राष्ट्रियस्तरमा बागवानी विकास सम्बन्धि कार्यक्रम तर्जुमा,

  • प्रविधिहरुको आयात र प्रदेशस्तरमा समन्वय बागवानीजन्य बालीको जैविक विविधता संरक्षण सम्बर्द्धन तथा प्रसार सम्वन्धी कार्य,

  • विभिन्न सरकारी. बागवानी सम्वध्द फार्मकन्द्रहरुवाट उत्पादन हुने श्रोत वीउ/वेर्नाहरुको अभिलेख तयार गरी प्रदेश र स्थानीयस्तरलाइ समन्वय गर्ने,

  • अनुसन्धानवाट विकसित भएका बागवानी सम्बन्धी प्रविधिहरुको प्रदेशस्तरमा हस्तान्तरण, 

  • प्रदेशस्तरवाट बागवानी सम्वन्धि तथ्यांकहरुको संकलन,विश्लेषण, प्रक्षेपण गरी प्रदेशस्तर र मन्त्रालयलाइ पृष्टपोषण गर्ने,

  • स्थानीयस्तर र प्रदेशस्तर आएका बागवानी सम्वन्धि समस्या तथा सवालहरुलाइ राष्ट्रियस्तरमा समाधान गर्ने र तत् निकायलाइ पृष्टपोषण गर्ने,

  • बागवानी सम्बन्धी संघिय नीति तथा कार्यक्रमहरुलाइ प्रदेशस्तरमा पृष्टपोषण गरी कार्यान्वयनमा सहजीकरण गर्ने,

 

ख.बाली विकास शाखा

  • अन्नबाली, दलहन, तेलहन र औद्योगिक बालीहरुको प्रवर्द्धनका लागि राष्ट्रियस्तरमा नीति, मापदण्ड तर्जुमा,

  • राष्ट्रियस्तरमा बाली विकास सम्वन्धि कार्यक्रम तर्जुमा,प्रविधिहरुको आयात र प्रदेशस्तरमा समन्वय,

  • बालीजन्य कृषि जैविक विविधता संरक्षण सम्बर्द्धन तथा प्रसार सम्वन्धी कार्य,

  • परम्परागत बालीका जातहरुको राष्ट्रियस्तरमा अभिलेख तयार गर्ने,

  • विभिन्न सरकारी बालीसंग सम्वध्द फार्मकन्द्रहरुवाट उत्पादन हुने श्रोत वीउहरुको अभिलेख तयार गरी प्रदेश र स्थानीयस्तरलाइ समन्वय गर्ने,

  • अनुसन्धानवाट विकसित भएका बाली सम्वन्धी प्रविधिहरुको प्रदेशस्तरमा हस्तान्तरण,

  • प्रदेशस्तरवाट बाली सम्वन्धि तथ्यांकहरुको संकलन,विश्लेषण, प्रक्षेपण गरी प्रदेशस्तर र मन्त्रालयलाइ पृष्टपोषण गर्ने,

  • स्थानीयस्तर र प्रदेशस्तर आएका बाली सम्बन्धि समस्या तथा सवालहरुलाइ राष्ट्रियस्तरमा समाधान गर्ने र तत् निकायलाइ पृष्टपोषण गर्ने,

  • बाली सम्बन्धी संघीय नीति तथा कार्यक्रमहरुलाइ प्रदेशस्तरमा पृष्टपोषण गरी कार्यान्वयनमा सहजीकरण गर्ने,

 

ग.व्यवसायिक किट विकास शाखा

  • च्याउ, मौरी, रेशम जस्ता व्यवसायिक किट विकास नीति तथा मापदण्ड र कार्यान्वयनको व्यवस्था,

  • च्याउ, मौरी, रेशम जस्ता व्यवसायिक किट विकासमा संलग्न सरकारी, सहकारी तथा निजी क्षेत्रसंग समन्वय,

  • स्थानीयस्तर र प्रदेशस्तर आएका व्यवसायिक कीट विकास सम्वन्धि समस्या तथा सवालहरुलाइ राष्ट्रियस्तरमा समाधान गर्ने र तत्
    निकायलाइ पृष्टपोषण गर्ने,

 

घ.माटो व्यवस्थापन शाखा

  • माटो, मल तथा माटोमा प्रयोग हुने सुक्ष्मतत्व तथा अन्य additives सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,

  • माटो, मल तथा माटोमा प्रयोग हुने सुक्ष्मतत्व तथा अन्य additives को नियमन तथा अनुगमन,

  • स्थानीयस्तर र प्रदेशस्तर आएका माटो व्यवस्थापन सम्वन्धि समस्या तथा सवालहरुलाइ राष्ट्रियस्तरमा समाधान गर्ने र तत् निकायलाइ पृष्टपोषण गर्ने,

  • माटो, मल तथा माटोमा प्रयोग हुने सुक्ष्मतत्व तथा अन्य additives सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,

  • माटो, मल तथा माटोमा प्रयोग हुने सुक्ष्मतत्व तथा अन्य additives को नियमन तथा अनुगमन ।

     

 

 

 


 

 

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office