नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

प्रकाशित मिति : २०२२-०५-०९ (अद्यावधिक मित : २०२२-०५-१०)

कार्य विवरण

  • दैनिक सामान्य प्रशासन सन्चालनमा महानिर्देशकलाई सहयोग गर्ने

  • कर्मचारी प्रशासन सम्वन्धि आवश्यक कार्य गर्ने

  • आर्थिक प्रशासन सन्चालनमा नेतृत्व प्रदान गर्ने

  • सरकारी सम्पत्तिको सुरक्षा, आवश्यक मर्मत सम्भार र प्रयोगको आवश्यक व्यवस्था गर्ने

  • विभाग मार्फत सन्चालन हुने वार्षिक संघीय कृषि विकास कार्यक्रम तथा बजेट तर्जुमाको व्यवस्था गर्ने

  • बैदेशिक सहयोगमा सन्चालन हुने आयोजनाको कार्यक्रम तर्जुमा अनुगमन र मूल्याँकनमा सहजीकरण गर्ने

  • विभाग अन्तर्गत-सन्चालित कार्यक्रमको अनुगमन र मूल्यांकन एवं आवधिक समिक्षाको व्यवस्था गर्ने

  • राष्ट्रियस्तरको कृषि तथ्याँक व्यवस्थापन र अद्यावधिक गर्ने

  • राष्ट्रियस्तरमा खाद्य सुरक्षा स्थितीको अनुगमन तथा मूल्यांकन गर्ने 

 

क.योजना,कार्यक्रम तथा अनुगमन शाखा

  • संघीय कृषि विकास योजना नीति तथा मापदण्डको कार्यान्वयन व्यवस्था

  • कृषि विकास योजना तथा कार्यक्रम संचालनमा अन्य निकायहरुसंग समन्वय

  • अन्तरगतका निकायहरुको बार्षिक कृषि विकास कार्यक्रम मार्गदर्शन तथा समन्वय

  • संघीय कृषि विकास कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि तथा निर्देशिकाको तयारी तथा कार्यान्वयनको व्यवस्था

  • कृषि विकास रणनीति कार्यान्वयनको लागि कार्यक्रम तर्जुमा एवं समन्वय

  • वैदेशिक सहयोगमा संचालित कृषि विकास सम्वद्ध आयोजनाहरुको कार्यक्रम तर्जुमा समन्वय

  • संघीय कृषि विकास कार्यक्रम अनुगमन तथा मूल्यांकनको नीति तथा मापदण्डको कार्यान्वयन व्यवस्था

  • अन्तरगतका निकायहरुको बार्षिक कृषि विकास कार्यक्रमको अनुगमन तथा मूल्यांकन

  • वैदेशिक सहयोगमा संचालित कृषि विकास सम्बद्ध आयोजनाहरुको अनुगमन तथा मूल्यांकन

  • जनशक्ति व्यवस्थापन तथा वैदेशिक अध्ययन, तालिम, भ्रमण व्यस्थापन

  • संघीय कृषि विकास कार्यक्रमहरुको आवधिक समिक्षा

 

ख.बजार विकास, आर्थिक विश्लेषण तथा तथ्याङ्क शाखा

  • राष्ट्रियस्तरको बजार विकासको नीति तथा मापदण्ड सम्बन्धी कार्य,

  • राष्ट्रिययस्तरको बजार संरचना विकास तथा प्रवर्द्धन सम्वन्धी कार्य,

  • कृषि सम्वन्धी राष्ट्रियस्तरको तथ्यांक प्रणाली व्यवस्थापन सम्वन्धी कार्य,

  • राष्ट्रियस्तरमा खाद्य सुरक्षाको अवस्थावारे अध्ययन, अनुसन्धान, विश्लेषण एवं प्रक्षेपण,

  • कृषि बजार सूचना तथा कृषि तथ्यांक संकलन तथा व्यवस्थापन सम्बन्धमा सूचना प्रविधिको नविनतम माध्यम को प्रयोग गर्ने गराउने,

  • कृषि तथ्यांक सम्वन्धी राष्ट्रियस्तरमा सफ्टवेयरको विकास तथा संचालन एवं प्रदेश तथा स्थानीय तहमा विस्तार सम्बन्धी कार्य,

  • कृषि तथ्याँकको सूचकको विकास एवं अद्यावधिक गर्ने सम्वन्धि कार्य,

  • विभिन्न वालीहरुको कप कटिंग र उत्पादन प्रक्षेपण,

  • बाली बस्तु उत्पादन लागत एवं प्रतिफल विश्लेषण, 

  • स्थानीय तहमा कृषि क्षेत्रमा भएको लगानी र प्रतिफलको विश्लेषण गरी मन्त्रालय र प्रदेशस्तरलाइ पृष्टपोषण गर्ने,

  • कृषिको प्रतिश्पर्धात्मकता बढाउने सन्दर्भमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय अध्ययन एवं विश्लेषण गरी मन्त्रालय र प्रदेशस्तरलाइ पृष्टपोषण गर्ने,

  • राष्ट्रियस्तरको कृषि बजार सञ्चालक समितिको गठन तथा अनुगमन गर्ने,

  • कृषक, कृषक समुह साथै कृषि सहकारीहरुलाई बजार सूचना, व्यवस्थापन, र बजारीकरण बिषयमा क्षमता अभिवृद्धि सम्बन्धी कार्य गर्ने,

  • कृषि उपज बजारको थोक तथा खुद्रा मूल्य साथै सिमावर्तिय मूल्य संकलन, विष्लेषण तथा प्रवाह गर्ने,

  • कृषि सूचना संकलन, प्रशोधन तथा प्रवाह सम्वन्धमा राष्ट्रिय केन्द्रको रुपमा कार्य गर्ने,

  • बार्षिक कृषि बजार बुलेटिन प्रकाशन गर्ने, 

  • कृषि बजार सञ्चालक समिति, कृषक, कर्मचारी, सहकारी संस्था लगायतलाई प्रशिक्षण तथा तालिम प्रदान गर्ने,

  • उत्कृष्ट बजारीकरण प्रविधिहरुको पहिचान एवं विस्तार कार्यको समन्वय,

  • कृषि उपज बजार सञ्चालन निर्देशिका तथा कार्यविधिहरु तयार, परिमार्जन सम्वन्धी कार्यहरु, 

  • स्थानीय सम्भाव्यता, तुलनात्मक लाभ तथा विशिष्ट अवसरहरुको उपयोग गरी कुन कुन वस्तु निर्यात गर्न सकिन्छ, सो को सवल र दुर्वल पक्ष केलाई निर्यात प्रवर्द्धनका लागि सुधारात्मक उपायहरु नीजि सरकारी साझेदारीको अवधारणा अनुरुप अवलम्बन गर्ने,

  • विश्व व्यापार संगठनको प्रावधान अनुरुप गुणस्तरीय उत्पादन, स्थानीय तथा बाह्य बजारमा उपजहरुको प्रवाह गर्दा मापदण्ड लगायत अपनाउनु पर्ने प्रक्रियाहरुका वारेमा आवश्यक सूचना संकलन एवं प्रवाह,

  • कृषि व्यवसायमा आइपरेका समस्याहरु केलाउँदै आन्तरिक एवं वाह्य बजारमा कृषि उपजहरुको सुलभ पहुँच बढाउन आवश्यक जानकारी र विवरणहरु संकलन गर्ने र सम्बद्ध पक्षलाई प्रवाहित गर्ने,

  • संघ अन्तर्गत रहेका कृषि उपज थोक बजारहरुको बार्षिक कार्यक्रम तथा बजेट स्विकृती दिने र कृषि उपज बजार सञ्चालन निर्देशिका अनुसार भए नभएको अनुगमन गर्ने,

  • निर्यातजन्य कृषि वस्तुहरुको प्रवर्द्धनात्मक कार्यमा सहयोग पुयाउन सामाग्री एवं उपकरणहरु कृषकस्तरमा अनुदानमा दिने व्यवस्था मिलाउने,

  • नेपालबाट आयत निर्यात भएका प्रमुख कृषि वस्तुहरुको विवरण एवं आयातकर्ता तथा निर्यातकर्ताको विवरण तयार गर्ने 

 

ग.प्रशासन शाखा

  • संघीय निजामती सेवा ऐन र नियमावली अनुसार विभाग अन्तर्गत कर्मचारी प्रशासन सम्बन्धी माग आकृति, नियुक्ति, पदस्थापन, सरुवा,बढुवा, विदा, अवकाश र विभागीय कारवाही सम्बन्धी कार्य गर्ने,

  • विभाग अन्तर्गत कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहित पुरस्कार, वृत्ति विकास, दण्ड सजाय सम्बन्धी कार्य गर्ने,

  • विभाग र अन्तर्गनको जनशक्ति विवरण अद्यावधिक राख्ने,

  • विभाग र अन्तर्गत कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मूल्याकंन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,

  • आयोजनाहरुको दरवन्दी सृजना, जनशक्ति व्यवस्थापन लगायत प्रशासनिक कामकारवाही सम्बन्धमा मन्त्रालयलाई सहयोग गर्ने,

  • विभागको दैनिक प्रशासन सम्बन्धी कार्यहरुमा महानिर्देशकलाई सहयोग गर्ने,

  • विभागको जनसम्पर्क र सुरक्षाको व्यवस्था गर्ने,

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त र भ्रष्टाचार नियन्त्रण एवं उजुरी, गुनासो सम्बन्धी कार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सर्तकता केन्द्रबाट प्राप्त गुनासाहरु फछयौट गर्न मन्त्रालयलाई सहयोग गर्ने,

  • विभागमा आवश्यक सामग्री खरिद, वितरण लगायतका कार्य गर्ने,

  • विभाग र अन्तर्गतको सवारी साधन व्यवस्थापन र परिचालन सम्बन्धी कार्य गर्ने,

  • विभागको जिन्सी व्यवस्थापन सुरक्षा व्यवस्था सम्वन्धी कार्य,

  • विभागमा प्राप्त चिठ्ठी पत्रहरुको अभिलेख सम्वन्धी कार्य,

  • विभागको सरसफाई तथा वगैचा व्यवस्थापन सम्वन्धी कार्य,

  • साधारणतर्फको बजेट तर्जुमा तथा कार्यान्वयन गर्ने,

  • लेखापरीक्षण तथा बेरुजु फछ्यौट सम्बन्धी कार्य गर्ने गराउने,

  • विभाग मातहतको लेखा सम्वन्धी कामको नियमित अनुगमन, मूल्याङ्कन व्यवस्था मिलाई उपयुक्त कारवाही गर्ने,

  • आर्थिक प्रशासन सम्वन्धी अन्य काम गर्ने,

  • नि.से.ऐन तथा नि.से.नि. अनुसार औषधी उपचार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,

  • विभाग र अन्तर्गतको कानूनी राय प्रदान गर्ने,

  • ऐन नियम, विनियम जस्ता कानूनहरुको मस्यौदामा मन्त्रालयलाई सहयोग गर्ने,

  • विभाग र अन्तर्गतको निकाय विपक्षी भएको मद्दा मामिलामा प्रतिरक्षा गर्ने,

  • सम्बन्धित न्यायालयबाट विभाग सम्बन्धी भएका मुद्दा फैसला कार्यान्वयनको कार्यवाही गर्ने,

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office