नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

प्रकाशित मिति : २०२२-०५-०९ (अद्यावधिक मित : २०२२-०५-१०)

कार्य विवरण

  • राष्ट्रियस्तरमा कृषि शिक्षा, अनुसन्धान र प्रसारवीच समन्वय,

  • विपद् व्यवस्थापन एवं राहत सम्वन्धी कार्यहरु,

  • कृषि प्रविधि विकास एवं विस्तारमा संलग्न सरकारी, सहकारी तथा निजी क्षेत्रसंग समन्वय,

  • कृषि यान्त्रीकरण सम्वन्धी राष्ट्रिय नीति तथा योजना तर्जुमा तथा कार्यान्वयन,

  • पोष्टहार्भेष्ट प्रविधि र क्षति न्यूनीकरण सम्बन्धी,

  • कृषि सामग्रीहरुको माग र आपूर्ति व्यवस्थाको समन्वय,

  • राष्ट्रिय महत्वको रोगकिरा व्यवस्थापन तथा महामारी रोकथाम सम्वन्धि,

 

क.प्रविधि विस्तार शाखा

  • राष्ट्रियस्तरमा कृषि शिक्षा, अनुसन्धान र प्रसारवीच समन्वयात्मक कार्यहरुको संचालन,

  • सहुलियत कर्जा सम्वन्धी तथ्यांक संकलन, 

  • विश्लेषण तथा प्रक्षेपण गरी स्थानीय र प्रदेशस्तरमा पृष्टपोषण गर्ने,

  • विपद् व्यवस्थापन एवं राहत सम्वन्धी तथ्यांक संकलन, 

  • विश्लेषण तथा प्रक्षेपण गरी स्थानीय र प्रदेशस्तरमा पृष्टपोषण गर्ने,

  • कृषि प्रविधि विकास एवं विस्तारमा संलग्न सरकारी, सहकारी तथा निजी क्षेत्रसंग समन्वय, 

 

ख.कृषि इन्जिनियरिंग तथा पोष्टहार्भेष्ट शाखा

  • कृषि यान्त्रीकरण सम्बन्धी राष्ट्रिय नीति तथा योजना तर्जुमा तथा कार्यान्वयनको व्यवस्था,

  • कृषि मेशिनरि तथा औजार उपकरण उत्पादन तथा Fabrication को मापदण्ड तथा नियमन,

  • कृषि यन्त्र, औजार तथा उपकरण मर्मत सम्भार कार्यशालाको मापदण्ड तथा नियमन,

  • कृषि यान्त्रिकरण प्रवर्द्धन नीति, २०७१ मा उल्लेखित नीति कार्यान्वयनको व्यवस्था,

  • अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाहरू वीचको साझेदारीमा राष्ट्रियस्तरमा यान्त्रीकरण प्रवर्द्धन सम्वन्धी कार्यको समन्वय, 

  • कृषि यन्त्र अनुसन्धान, विकास, परिमार्जन, उत्पादन, वितरण प्रणालीको अनुगमन, अध्ययन तथा मूल्यांकन गरी प्रभावकारी एवं उत्तरदायी बनाउने सम्वन्धी कार्यको समन्वय ,

  • राष्ट्रियस्तरमा यान्त्रीकरण कार्यक्रमहरूको अनुगमन, मुल्यांकन र विश्लेषण सम्वन्धी कार्य, 

  • राष्ट्रियस्तरमा पोष्टहार्भेष्ट प्रविधि विकास र विस्तार कार्यको समन्वय,

  • पोष्टहार्भेष्ट क्षति न्यूनीकरण सम्बन्धि प्रविधि विकास र विस्तार,

  • पोष्टहार्भेष्ट प्रविधि सम्बन्धमा प्रदेश तथा स्थानीय तहको क्षमता विकास

 

ग.कृषि उत्पादन सामग्री व्यवस्थापन शाखा

  • कृषि सामग्रीहरुको माग र आपूर्ति सम्बन्धी सूचना संकलन, प्रक्षेपण र आपूर्ति व्यवस्थाको समन्वय,

  • आयातित मलको आपूर्ति सहजीकरण सम्वन्धि कार्य,

  • कृषि सामग्रीहरुसंग सम्वध्द सरकारी कम्पनीहरुसंग समन्वयमा आपूर्ति व्यवस्थापन तथा नियमन,

  • निजी क्षेत्रवाट हने मल तथा अन्य कृषि सामग्रीहरुको कारोवार नियमन

  • मन्त्रालयलाई कृषि सामग्रीहरुको आपूर्ति व्यवस्थापनमा नीतिगत पृष्टपोषण, 

  • बीउ वीजन निरीक्षक र मल निरीक्षकको क्षमता विकास, 

  • मल वीउ लगायतका कषि सामाग्रीको गुणस्तर मूल्य आपति स्थितिको अनुगमन,

  • श्रोत वीउ तथा उन्नत वीउको माग र आपूर्ति सम्बन्धी सूचना संकलन र प्रक्षेपण र आपूर्ति व्यवस्था सम्वन्धी कार्य,

  • बीउविजनसंग सम्बध्द सरकारी कम्पनीहरुसंग समन्वयमा आपूर्ति व्यवस्थापन तथा नियमन,

  • राष्ट्रियस्तरमा बीउविजनमा आत्मनिर्भरता सम्वन्धमा आवश्यक कार्यक्रम तर्जुमा एवं कार्यान्वयन, 

  • बीउ मूल्य श्रृंखला विकास सम्बन्धी आवश्यक कार्य,

  • राष्ट्रियस्तरमा बाली विमाको तथ्यांक संकलन, विश्लेषण तथा प्रक्षेपण गरी स्थानीय र प्रदेशस्तरमा पृष्टपोषण गर्ने ।

 

घ.बाली संरक्षण शाखा 

  • राष्ट्रिय महत्वको रोगकिरा व्यवस्थापन तथा महामारी रोकथाम सम्वन्धि आवश्यक कार्य गर्ने,

  • बाली संरक्षण सम्वन्धमा प्रदेश तथा स्थानीय तहको क्षमता विकास,

  • बाली संरक्षण सेवाको नीति, मापदण्ड र नियमन,

  • बाली संरक्षणसंग सम्बध्द प्राविधिकहरुको क्षमता विकास सम्वन्धी कार्यहरु गर्ने गराउने,

  • आकस्मिक बाली संरक्षण सेवा सम्वन्धी कार्यको समन्वय,

  • एकिकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी कार्यको समन्वय ।

 

 

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office