नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : निर्मल राना रविदास

ठेगाना :अर्गली, तानसेन न.पा.-१४, पाल्पा

१५ रोपनी जग्गा भाडामा लिई, कुल २५ रोपनी जग्गामा व्यवसायीक तरकारी खेती गरिरहेका कृषक निर्मल राना, अर्गली, पाल्पाका एक नमूना कृषक हुन् । १० वर्ष अगाडि विदेश जान भनि पासपोर्ट बुझाइसकेका निर्मलले पछि देशमै बसेर तरकारी खेती गर्ने निर्णय गरे । वि.सं. २०७४ सालमा "निमिसा एग्रो फार्म" दर्ता गरेका रानाले वि.सं. २०६७ देखि नै १० रोपनी जग्गामा कृषि व्यवसाय शुरु गरेका थिए । बीचमा वि.सं. २०७१ सालमा १ वर्षको लागि उनी भारत गएका थिए । भित्री हृदयदेखि खेती गर्ने इच्छा जागेकोले यो पेशामा लागेको र पूर्ण आत्मसन्तुष्टी मिलेको उनी बताउँछन् ।

कुल रु. १० लाखको लगानी मध्ये १४% ब्याजमा सहकारीबाट रु. ५ लाख ऋण, आफन्तबाट रु. १ लाख ऋण, रु.४०,००० युवा स्वरोजगार कार्यक्रमबाट अनुदान, कृषि ज्ञान केन्द्रबाट रु.४२,००० को मिनि ट्राक्टर अनुदान तथा रु. ३ लाखको स्वलगानी रहेको उनी बताउँछन् । भिन्डी ८ रोपनी, काक्रो ४ रोपनी, बोडी १ रोपनी तथा सिमी १२ रोपनीमा खेती गरिरहेका छन् भने बजारको उनलाई कत्तिपनि समस्या छैन । स्थानीय तथा बुटवलको बजारमा सजिलै उनको उत्पादन खपत भैरहेको छ । प्रति रोपनी रु. ३०,००० को लागत र रु.५५,000 लाभ हुने उनी बताउँछन्। एक वर्ष मै रु.३ लाख मिनि ट्राक्टरबाटै कमाएको र वार्षिक ८ देखि १० लाख नाफा हुने गरेकोमा उनी कृषिलाई पेशाको रुपमा अपनाएकोमा गर्व गर्छन् ।

विगत २ वर्ष यता मल्चिङ्ग प्लाष्‍टिकको प्रयोग गरि खेती गरिरहेका निर्मल भन्छन्, यसको प्रयोगले तरकारी निकै राम्रो र छिटो उत्पादन भएको छ । साथै मल्चिङ्गको प्रयोगले सिंचाईको समस्या कम रहेको उनी बताउँछन् । आगामी साल ४० देखि ५० लाखको भक्तपुर लोकल काक्रो बिक्री गर्ने लक्ष्य उनले लिएका छन्। उनि भन्छन्, कृषिमा राम्रोसँग मिहिनेत गर्यो भने विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office