नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

नागरिक वडापत्र

नागरिक वडापत्र

Nepal Flag

कृषकको नाम : गुनाराज राई

ठेगाना : अरुण गा.पा.-२, भोजपुर

विगत ६ वर्षदेखि अनवरत रुपले कृषि पेशामा लागेका गुनाराज आफ्नो पढाई सकाएर वैदेशिक रोजगारीको सिलिसलामा ४ वर्ष मलेसिया तथा सिंगापुर गएका थिए । विदेशमा रहँदा राम्रो कमाई गरेता पनि पछि उनलाई परिवार र आफ्नो देशको महत्वबारे अनुभुति भयो । विदेशमै छँदा देखि नै उनले नेपाल फर्केर गएपछि कृषि पेशा विशेषगरी अलैंची खेतीमा लाग्ने अठोट गरेका थिए । वुवाले शुरु देखि नै अलैंची खेती गरीरहेको र त्यतिबेला अलैंचीको मूल्य निकै राम्रो भएर प्रति मन रु. एक लाख सम्म पनि विक्री भएको खबरले उनमा नेपालमा पनि राम्रो कमाई गर्न सकिने रहेछ भन्ने भावना जागेकोले उनी नेपाल फर्केर आए । आफ्नो बावुलाई आफ्नो आदर्श मान्ने गुनाराजले फर्केर आएपछि आफ्नै पहलमा अलैंची खेतीबाट कृषि पेशाको शुरुवात गरे । हाल अलैंची खेतीको साथसाथै उनले फलफूल खेती, च्याउ खेती, ब्रोयलर पालन तथा नर्सरी पनि संचालन गरिरहेका छन् ।

अलैंची खेतीबाट उनको गाउँको मानिसहरुको जीवनस्तर नै परिवर्तन भएको अवस्था र कृषि नै एउटा त्यस्तो पेशा जसमा अरु कसैको पनि गुलामी गर्न नपर्ने भएकोले आफू यस पेशामा लागेको उनी बताउँछन् । कृषि पेशामा लागेका मानिसहरु शारिरिक रुपले पनि तन्दुरुष्त हुने उनको भनाई छ । यसरी कृषिकर्मको एक मात्र नभई अनेक फाईदा छन् । शुरुवाती दिनहरुमा उनले जिल्ला कृषि विकास कार्यालयबाट सहयोग प्राप्त गरेको र  युवा स्वरोजगार कार्यक्रम अन्तर्गत च्याउ खेती तालिम लिएका थिए ।

समस्याको रुपमा नयाँ प्राविधिक ज्ञानको कमि नै प्रमुख रहेको उनी बताउँछन् । ९ देखि १० मन उत्पादन गरिरहेका गुनाराज भन्छन् नयाँ बगानमा १ रोपनीमै १ मन अलैंची उत्पादन गर्न सकिने तर पुरानोमा ६ के.जी. सम्म मात्र उत्पादन हुने भएकोले उत्पादन लागत पनि एकै नहुने र हाल मूल्यमा आएको गिरावटका कारण कृषकहरु निराश छन् । हालको मूल्य मात्र रु. ६०० प्रति के.जी.को दर रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको अलैंची जोनको सदस्य समेत रहेका गुनाराज  अहिलेको यो मूल्यमा आएको गिरावटलाई सुधार गर्न र अलैंचीमा रहेको स्टीम डिस्टीलेसन प्रविधिको बारेमा खोज गर्न भनि लागिपरेका छन् ।

गाउँमा एक उदाहरणको रुपमा परिचित र धेरैका लागि प्रेरणाको स्रोत बनेका गुनाराज, आफूले गरेको कर्म प्रति गर्व गर्छन् । उनी थप्छन् "नेपालको विकासको लागि कृषि नै एउटा प्रमुख माध्यम हो" । 

सूचनाहरू

धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने म्याद थप सम्वन्धी सुचना
आवेदन पेश गर्ने सम्बन्धी सूचना।
धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने सम्वन्धी अत्यन्त जरूरी सूचना
जिन्सी मालसामानको लिलाम बढाबढ गरी बिक्री गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना
Notice related to Subsidy in improved seed of Maize
११ ‌‍औं बिश्‍व माटो दिवस २०८१ (Dec 5 2024) को नारा ("Caring for Soils: Measure, Monitor, Manage")
List of famers and entrepreneur awarded on the occasion of 44 th World Food Day 2024

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015521356, 015424226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

logo creation

  सूचना अधिकारी

तिलकराज चौंलागाई

तिलकराज चौंलागाई


वरिष्ठ कृषि अर्थ विज्ञ
☎९८५१३१००३३
✉tilak034@gmail.com

We Are Here