नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

नागरिक वडापत्र

नागरिक वडापत्र

Nepal Flag

कृषकको नाम : शलेन्द्र यादव

ठेगाना : सिरहा

एस.एल.सी सकिएपछि परिवारको नाजुक आर्थिक कारणले गर्दा रोजगारीको सिलसिलामा २०६५ सालमा साउदि अरव जस्तो देशमा यएरपोर्टमा काम गर्न पुगेका औरही गा.पा.३, सिरहा निवासि ३२ वर्षिया शलेन्द्र यादव करिव ८ वर्ष विदेशि भूमिमा आफ्नो पसिना बगाए । त्यहाँ वस्दा ईजरायलबाट आएका कृषि विज्ञ टोलिको ज्ञान तथा आफन्तबाट प्रभावित भएर विदेशमा दु:ख गर्नुभन्दा स्वदेशमा नै गएर केहि गर्छु भन्ने सोच बनाएर पूनं. २०७३ सालमा आफनै देशमा फर्किए ।मौरी पालन, माछा पालन, घाँसेबाली तथा गाई, बाख्रा सम्बन्धि तालिम समेत लिईसकेका उनले कृषि क्षेत्रमा नै केहि गर्ने उद्देश्यले ३० कठ्ठा आफ्नै जग्गा र थप ६० कठ्ठा जग्गा भाडामा लिएर  महिला एकिकृत कृषि फर्म दर्ता गरी कृषि व्यवसाय सुरु गरे।

१० लाख स्वलगानी रहेको यस फर्ममा उनले बैङ्कबाट १० लाख ऋण र सरसापटबाट ३ लाख खर्चिएका छन् । जिल्ला कृषि विकास कार्यलय सिराहाबाट यादवले हाईटेकको लागि ५०% अनुदान समेत प्राप्त गरिका छन् । उनका अनुसार करिव २३ लाख भन्दा बढिको लगानि रहेको यस व्यवसायबाट २.५ टन तरकारी, १०० लि. दुध, फलफूल २ टन उत्पादन हुने गरेको छ जसबाट शलेन्द्रले ४५ लाखको बार्षिक कारोबार गर्छन् भने १०-१५ लाख खुद नाफा गर्न सफल भएका छन् ।

आगामी दिनहरुमा तरकारीको क्षेत्रफल विस्तार गर्दै जाने तथा नजिकको क्षेत्रमा आफ्नो स्टल खोली तरकारी बेच्ने भावि सोच बनाएको बताउने यादवले कृषि मेलाबाट रहर, टमाटर, गहूँ जस्ता बालीमा पुरस्कार प्राप्त गर्नुका साथै आफ्नो लगनशिलता र जिल्ला कृषि विकास कार्यलय सिराहको प्राविधिक र अनुदान सहयोगबाट आफू एक सफल कृषि व्यवसायिको रुपमा परिचित हुन सफल भएको बताए । यसरी उनि आफ्नो परिश्रम र मेहनतबाट ११ जनाको परिवारमा आर्थिक रुपमा सबल भएका छन भने अरु १० जनालाई पनि रोजगारीको अवसार प्रदान गरी निकैनै प्रशंसनिय कार्य गर्दै आईरहेका छन् ।

यादब भन्छन्, "हाल विदेशिन लागेका कयौँ युवाहरुलाई जुनसुकै काम किन नहोस आफ्नो लगनशिलता र मेहनत आफ्नै देशमा खर्चिनुपर्छ भन्ने सन्देश दिन चाहन्छु । बेरोजगार युवाहरुलाई सिपमूलक कृषि प्राविधिक तालिम, सहुलियत ऋणको व्यवस्था तथा उचित बजार व्यवस्थापन गरि उनीहरुलाई सरकारले कृषिमा आकर्षित गर्न सक्छ ।"

सूचनाहरू

धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने म्याद थप सम्वन्धी सुचना
आवेदन पेश गर्ने सम्बन्धी सूचना।
धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने सम्वन्धी अत्यन्त जरूरी सूचना
जिन्सी मालसामानको लिलाम बढाबढ गरी बिक्री गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना
Notice related to Subsidy in improved seed of Maize
११ ‌‍औं बिश्‍व माटो दिवस २०८१ (Dec 5 2024) को नारा ("Caring for Soils: Measure, Monitor, Manage")
List of famers and entrepreneur awarded on the occasion of 44 th World Food Day 2024

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015521356, 015424226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

logo creation

  सूचना अधिकारी

तिलकराज चौंलागाई

तिलकराज चौंलागाई


वरिष्ठ कृषि अर्थ विज्ञ
☎९८५१३१००३३
✉tilak034@gmail.com

We Are Here