नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

नागरिक वडापत्र

नागरिक वडापत्र

Nepal Flag

कृषकको नाम : इश्वोर पौडेल

ठेगाना :विष्णुपुल, तिलोत्तमा-३, रुपन्देही

डिभर्ना, सन्धिखर्क-५, अर्घाखाँची गृह जिल्ला भई, हाल विश्णुपुल, तिलोत्तमा-३, रुपन्देहीमा बसोवास तथा व्यवसाय गर्दै आएका ईश्‍वर पौडेल ८ वर्ष ‍ओमान बसी २ वर्ष अगाडी नेपाल फर्के । उनले ओमानमा होटल सम्बन्धि काम गर्ने क्रममा हाइड्रोपोनिक्स तथा माटो बिना खेती गर्ने आधुनिक प्रविधिको बारेमा जानकारी पाएको र नेपालमा गएर पनि यस्तै प्रविधिहरु अपनाएर खेती गर्ने प्रेरणा मिलेको बताएका छन् । आफू विदेश छँदा विभिन्‍न कृषि सम्बन्धि प्रविधिहरु देखिरहेको र नेपाल फर्केर आएपछि परम्परागत तरीकाले खेती गर्दा निकै धेरै जनशक्ति तथा खर्च लाग्ने देखेर नेपालको हावापानी सुहाउँदो खेती प्रविधिको खोज गर्ने निधो गरे । यसै अनुरुप, नेपाल फर्केर आएपछी उनले भारतको हरियाणा प्रान्तको करनाल जिल्लाको घरौंडामा Centre of excellence for vegetables under Indo-Israel project अन्तर्गत ४ दिने तालिम लिएर आए । साथै, ईन्टरनेटमा पनि Protected Horticulture सम्बन्धि धेरै खोज गरे । फलस्वरुप २०७४ साल कार्तिक २० गते पारिवारिक लगानी तथा ऋणबाट उनले रुपन्देहीमा लुम्बिनी हाइड्रोपोनिक्स फार्मको स्थापना गरे । 

जम्मा रु. १ करोड १२ लाखको लगानी रहेको उक्त फार्मको स्थापनाको लागि उनले बैंकबाट ५% ब्याज दरमा रु. ६० लाखको ऋण, स्व-लगानी रु. ५० लाख तथा रु. २.२५ लाखको सरकारी अनुदान प्राप्‍त गरेका छन् । फार्मको संरचना तयारी गर्नको लागि हिमालयन हाईड्रोपोनिक्सले सहयोग गरेको तथा भारतबाट सामान मगाएको उनी बताउँछन् । निष्चित बालीहरु मात्र लगाउने र त्यसको बजारिकरण गर्ने गरेको उनी बताउँछन् । भाडामा लिएको १ विघा जग्गामा उनले ४०० मिटर स्क्वायरको दुई वटा र २०० मिटर स्क्वायरको एउटा ग्रीन हाउस संरचना निर्माण गरेका छन्, जसमा थोपा सिंचाई पद्दति अपनाएका छन् र झोल मल प्रयोग गरेका छन् । उनले गोलभेडा, रातो/पहेलो/ हरियो रङ्गको भेडे खुर्सानी, काँक्रो, लेट्युस् तथा जडिबुटीहरुको खेती गर्ने गरेका छन् । स्थानिय हाटेलहरु तथा बजारहरुले आफै आएर आफ्नो उत्पादन लग्ने भएकोले बजारिकरणको केही समस्या नरहेको र मूल्य पनि सन्तोषजनक नै रहेको उनी बताउँछन् । आफ्नो व्यवसायलाई अझ विस्तार गर्दै लैजाने उनको सोच छ । ५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका पौडेल भन्छन् यसरी खेती गर्दा २० देखि २५% खुद नाफा हुने गरेको छ । सरकारी स्तरबाट सहज तथा कानुनी रुपमा झोल मल (Liquid Fertilizer), आधुनिक प्रविधि अपनाउँदा आवश्यक संरचना, गुणस्तरिय बीउ उपलब्ध गराउन सके उनी जस्ता कृषकहरुलाई धेरै राहत हुने कुरा उनी गर्छन् । विदेशमा भएको युवाहरुले विदेशमा सिकेका प्रविधिहरु नेपालमा भित्र्याएर, स्वदेशमै पनि धेरै राम्रो काम गर्न सक्छन् र यो आधुनिक खेतीबाट हामी सबै मिलेर काम गरौं, यहाँ पनि धेरै सम्भाव्यता छ भन्‍ने सन्देश दिन चाहन्छन् ।

सूचनाहरू

धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने म्याद थप सम्वन्धी सुचना
आवेदन पेश गर्ने सम्बन्धी सूचना।
धानको उन्‍नत बीउ उत्पादनमा प्रोत्साहन तथा उन्‍नत बीउ बिजन प्रयोगमा मुल्य अनुदान कार्यक्रमका लगि अन्लाइन आवेदन तथा माग, आपूर्ति विवरण प्रविष्ट गर्ने सम्वन्धी अत्यन्त जरूरी सूचना
जिन्सी मालसामानको लिलाम बढाबढ गरी बिक्री गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना
Notice related to Subsidy in improved seed of Maize
११ ‌‍औं बिश्‍व माटो दिवस २०८१ (Dec 5 2024) को नारा ("Caring for Soils: Measure, Monitor, Manage")
List of famers and entrepreneur awarded on the occasion of 44 th World Food Day 2024

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015521356, 015424226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

logo creation

  सूचना अधिकारी

तिलकराज चौंलागाई

तिलकराज चौंलागाई


वरिष्ठ कृषि अर्थ विज्ञ
☎९८५१३१००३३
✉tilak034@gmail.com

We Are Here